Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्ता गठबन्धन यथास्थितिमा कायम रहने बताएका छन्। थाइल्यान्डबाट स्वास्थ्य उपचारपछि स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले सत्ता समीकरण परिवर्तनबारे चलिरहेको चर्चालाई केवल “हल्ला” मात्रै भएको बताएका हुन्। “सत्ता गठबन्धनमा अहिले कुनै समस्या छैन,” देउवाले भने, “फेरबदलको सम्भावना देखिन्न।”

यता, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने हालको सरकार चाँडै परिवर्तन हुने संकेत दिँदै आएका छन्। उनले कांग्रेस सभापति देउवा स्वदेश फर्किएपछि नयाँ सत्ता गठबन्धनको विषयमा थप छलफल हुने संकेत गरेका थिए।

सभापति देउवा गत आइतवार स्वास्थ्य उपचारका लागि थाइल्यान्डको बैंकक गएका थिए। थाइल्यान्ड यात्रा सम्पन्न गरी फर्किएसँगै उनले सरकार स्थिर रहने सन्देश दिएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया