Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

काठमाडौँ – नेपाली कथानक चलचित्र ‘जार’ को नयाँ गीत ‘ए ठूली’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। झुमा लिम्बू र पवन गिरीको सुमधुर स्वरमा सजिएको यो गीतमा शब्द हर्क साउदको रहेको छ भने संगीत झुमा लिम्बू स्वयंले तयार गरेकी हुन्। गीत नेपाली लोकलयमा आधारित प्रेमभरिको भावनाले भरिएको छ।

गीतले परदेशमा रहेका प्रेमी र गाउँमा बसिरहेकी प्रेमिकाबीचको दूरी, सम्झना र माया प्रस्तुत गर्छ। प्रेमिकाले लाहुरे प्रेमीको सम्झनामा उसले भोगिरहेको कठिनाइहरूलाई महसुस गर्दै प्रतीक्षामा बिताइरहेकी अवस्थालाई भावुक ढंगले चित्रण गरिएको छ। उता प्रेमीले भने टाढा भए पनि मनभित्रको प्रेमले आफूलाई सधैं प्रेमिकासँगै भएको अनुभूति भइरहेको कुरा गीतमार्फत पोखेको छ।

गीतको भिडियोमा सौगात मल्ल र गीताञ्जली थापाले अभिनय गरेका छन्। चलचित्र ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेका घटनालाई केन्द्र बनाएर निर्माण गरिएको हो, जसको कथा प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको लेखनमा आधारित छ।फिल्मको निर्देशन फूर्वाछिरिङ लामाले गरेका छन्। सामाजिक कथावस्तुमा बनेको यो चलचित्र मनोरञ्जनसहित सन्देश पनि बोकेको निर्देशक लामाको भनाइ छ। अनुपविक्रम शाही पनि मुख्य भूमिकामा छन्।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको संयुक्त निर्माणमा बनेको चलचित्रको छायांकन सिक्किममा गरिएको हो। त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा कार्यकारी निर्माता रहेका यो फिल्म नेपाल, भारत र अन्तर्राष्ट्रिय स्तरमा बैशाख २६ गते एकसाथ प्रदर्शनमा आउँदैछ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया