Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

टोकियो – जापानको ओसाका सहरमा अघिल्लो सातादेखि विश्व कुम्भमेला अर्थात ओसाका खान्साई एक्स्पो सुरु भएको छ । विश्वका १ सय ५८ राष्ट्रको सहभागिता रहेको विश्व कुम्भमेला गतसाता देखि सुरु भई आगामी अक्टुबर १२ अर्थात ६ महिनासम्म चल्ने छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानका सम्राट नारुहितोले एक भब्य समारोहकाबीच उदघाटन गरेको ओसाका एक्स्पोमा दैनिक लाखौं मानिसहरुले अवलोकन गरिरहेको बताईन्छ । ओसाकाको आर्टिफिसियल आइल्याण्ड भनेर चिनिने युमेसिमामा जारी एक्स्पो अवधिभरमा २ करोड ८० लाख पर्यटकले अवलोकन गर्ने प्रक्षेपण गरिएको छ ।

विश्वका विभिन्न राष्ट्रले आ-आफ्ना देशको कला, सँस्कृति, भाषा, साहित्य, सभ्यता मार्फत मुलुकको चिनारी विश्वसामु पस्कने विश्व कुम्भमेलामा नेपालको पेभिलियोन (प्रदर्शनी मण्डप) भने अझै नखुलेको भन्दै जापानी सञ्चारमाध्यमहरुले महत्वका साथ समाचार संप्रेषण गरिरहेका छन् ।

स्रोतका अनुसार नेपालको पेभिलियोन खोलिएको छैन र छोपेर राखिएको छ । यसबारे जिज्ञासा राख्दा पेभिलियोनको लागि संरचना निर्माण गर्ने जिम्मा लिएको कम्पनी बिट म्यानेजमेन्टले करिव ९८ प्रतिशत भन्दा बढि काम सकिएको र अन्तिम फिनिसिङ मात्र गर्न बाँकी रहेको बताइएको छ । उक्त कम्पनीका जापान प्रतिनिधिका अनुसार पेभिलियोन बनाउनका लागि निर्माण सम्बन्धि काम गर्ने कन्ट्रक्शन कम्पनीलाई बाँकी रहेको अन्तिम किस्ता भुक्तानी दिन नसकिएकोले समस्या आएको बताईएको छ । त्यसका लागि नेपालबाट जापान पैसा ल्याउनुपर्ने र त्यसमा नेपाल सरकारले सहजीकरण गरिदिनुपर्नेमा त्यसो हुन नसकेकोले कम्पनीले नेपालबाट जापान पैसा ल्याउन नपाउँदा भुक्तानी रोकिएको सो कम्पनीको दाबी छ ।

यस सन्दर्भमा नेपालबाट जापानमा पैसा ल्याउनका लागि अग्रिम ३० प्रतिशत ट्याक्स सरकारलाई बुझाउनुपर्ने यसअघि कहिलै नसुनिएको प्रावधानका कारण पैसा ल्याउन नसक्दा भुक्तानी दिन नसकिएको बिट म्यानेजमेन्टले जनाएको छ । उक्त ३० प्रतिशत ट्याक्स तिर्न म्यानेजमेन्ट कम्पनी मञ्जुर हुन नसकेकोले रकम जापान ल्याउन नसकिएकोले कन्ट्रक्शन कम्पनीलाई बुझाउनुपर्ने बाँकी भुक्तानी रोकिएका कारण ओसाका खान्साइ एक्स्पोमा नेपाली पेभोलियोन खुल्न नसकेको बुझिएको छ ।

नेपालको ललितपुरस्थित पाँचतारे होटल हिमालय सञ्चालन गर्दै आएको कम्पनी बिट म्यानेजमेन्टले २ वर्ष अगाडि नै टेण्डर मार्फत ओसाका खान्साई एक्स्पो -२०२५ का लागि नेपाली पेभोलियोनको निर्माण कार्यको जिम्मेवारी पाएको थियो ।

अघिल्लो वर्षको अगस्तदेखि निर्माण कार्य सुरु गरिएको उक्त प्रोजेक्ट भुक्तानी नपाएको कारण देखाउँदै गत जनवरीबाट काम ठप्प भएको कन्ट्रक्शन कम्पनीलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

ओसाका खान्साई एक्स्पोका सम्बन्धमा जापानको नेपाली कम्युनिटीको प्रतिनिधित्व गर्दै एनआरएन जापानका अध्यक्ष नविन निउरेको प्रतिक्रिया लिन खोज्दा यस बारेमा एनआरएनए जापानसंग हालसम्म कसैले केही समन्वय नगरेको भएता पनि हाम्रो तर्फबाट निर्वाह गर्न सकिने संभावित केही भूमिका भए त्यो पूरा गर्न आफुहरु तयार रहेको बताउँदै अगाडि भन्नुभयो – ‘स्थलगत अध्ययनका लागि आजै ओसाका आईपुगेको छु, वस्तुस्थितिको बिस्तृत अध्ययन गरेर मात्रै थप प्रतिक्रिया दिन सकिएला । जतिसक्दो चाँडो नेपाली पेभिलियोन खुल्नुपर्छ भन्ने पक्षमा हामी छौं, सरोकारवला सबै पक्षसंग संभावित उपायहरुका बारेमा हामी छलफल गर्नेछौं ।’

बिशेष स्रोतका अनुसार १ सय ५८ मुलुकले भाग लिईरहेको ओसाका एक्स्पोमा करिव ८० भन्दा बढि मुलुकहरुले सम्बन्धित देशका राजदूतलाई कमिशन जनरल तोकेको अवस्था छ । नेपाल सरकारले भने निजी क्षेत्रलाई पूरै जिम्मा लगाएको अवस्थामा त्यसको नियमित अनुगमन गर्ने भूमिका र जिम्मेवारी पाएको ब्यक्ति काठमाडौंमा बसेर त्यो पनि पटक पटक हेरफेर भईरहेको स्थितिमा अहिले ओसाकामा भईरहेको एक्स्पोमा यो शर्मनाक स्थिति आएको धेरैको बुझाई रहेको छ । जापान जस्तो नेपालको अत्यन्त नजिकको र असल सम्बन्ध भएको महत्वपूर्ण मित्रराष्ट्रमा यति ठूलो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भईरहँदा सकेसम्म विभागिय मन्त्री नभए नेपाल सरकारको जिम्मेवार प्रतिनिधि उपस्थिति भई अनुगमन तथा अवलोकन गर्नुपर्नेमा त्यो नहुनु अर्को दुखद कुरो हो । यस घटनाले गर्दा जापानमा बस्ने नेपालीहरुलाई ज्यादै लज्जास्पद बनाएको र जसका कारण जापानमा बस्ने नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा समेत नकारात्मक असर पर्न सक्ने भन्दै यहाँका नेपालीहरुले चिन्ता ब्यक्त गरिरहेका छन् र सामाजिक सञ्जालमा आ-आफ्ना आक्रोश मिश्रित चिन्ता जाहेर गरिरहेका छन् ।

नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव समेत रहेका द्विपक्षिय तथा क्षेत्रीय ब्यापार महाशाखा प्रमुख तथा ओसाका खान्साइ एक्स्पो-२०२५ का लागि कमिशन जनरल बिपीन आचार्यसंग पटक पटक टेलिफोन सम्पर्क गर्न खोज्दा ओसाका खान्साई एक्स्पो विषयलाई लिएर महत्वपूर्ण आकस्मिक बैठकमा ब्यस्त रहेको भन्ने बुझियो ।

यसैगरी यसबारेमा जिज्ञासा राख्दा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले ओसाका खान्साई एक्स्पो-२०२५ का सम्बन्धमा नेपाल सरकारले राजदूतावासलाई दिएको निर्देशन र पाएको जिम्मेवारी जे जति हो त्यो अनुसार दूतावासले आफ्नो भूमिका निर्बाह गरिरहेको र हालको समस्या समाधान गर्नका लागि पनि नेपाल सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने काममा निरन्तर लागिरहेको बताउनुभयो । ‘नेपाल सरकारले सम्पूर्णरुपमा निजी क्षेत्रलाई जिम्मेवारी दिएको अवस्थामा हामी आफ्नो ठाउँबाट गर्न सक्ने सबै पहलकदमी गरिरहेका छौं, अब छिट्टै समस्याको हल हुने र नेपाली पेभिलियोन खुल्नेमा हामी पूरै विश्वस्त छौं’ – राजदूत डा. सुबेदीले भन्नुभयो ।

स्मरण रहोस्, ओसाका खान्साइ एक्स्पो-२०२५ मा नेपाल लगायत भारत, भियतनाम, ब्रुनेइ लगायतका केही अन्य देशका पेभिलियोन पनि खुल्ला हुन सकेका छैनन् तर उनीहरु अहोरात्र खटेर हप्ता १० दिनभित्रै काम सम्पन्न गरी घुम्टो खोल्ने तयारीमा रहेको बुझिएको छ, तर नेपालको स्थिति भने अझै यसै भन्न नसकिने अन्यौलग्रस्त रहेको बुझिएको छ । ***

तपाईको प्रतिक्रिया