Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँमा विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज आन्दोलनको २३औं दिन सडकमै रक्तदान कार्यक्रम गरेका छन्। बबरमहलदेखि नयाँ बानेश्वर सडक खण्डसम्म उनीहरूले नाचगान, सिठी बजाउने, सडकमै सुत्ने, कालो मास्क लगाउनेजस्ता रचनात्मक तरिकामा विरोध जनाउँदै आएका छन्। आज भने उनीहरूले सामाजिक उत्तरदायित्व र सेवाभावलाई जोड दिँदै सडकमा नै रक्तदान गरेका हुन्।

चैत २० गतेदेखि सुरु भएको आन्दोलनले शिक्षकहरूलाई लामो समय देखि कक्षा बाहिर राखेको छ। उनीहरू विद्यालय शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानमा छन्। यद्यपि सरकारले वैशाखभित्रै विधेयक पारित गर्ने आश्वासन दिएता पनि आन्दोलनकारी शिक्षकहरू अझै पनि आश्वस्त हुन सकेका छैनन्।

शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा देशभरका शिक्षकहरू काठमाडौँमा भेला भएका छन्। यसको असरस्वरूप देशभरका सामुदायिक विद्यालयहरू ठप्प छन्।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया