Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

काठमाडौं – काश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानप्रति कडा धारणा सार्वजनिक गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठकले पाकिस्तान विरुद्ध ६ वटा कडा निर्णय लिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैठकपछि भारतले सबै पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ । साथै, भारतमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र स्वदेश फर्किन आदेश दिइएको छ ।

यसका अतिरिक्त पाकिस्तान उच्चायोगमा कार्यरत कर्मचारीहरूको संख्या ५५ बाट घटाएर ३० मा सीमित गरिने निर्णय गरिएको छ । भारत सरकारले पाकिस्तानी नागरिकलाई जारी गरिएका सबै प्रकारका भिसा रद्द गर्ने घोषणा गरेको छ । पाकिस्तानसँगको अटारी–वाघा सीमा नाका बन्द गर्ने निर्णय पनि गरिएको छ । साथै, दुई देशबीचको ऐतिहासिक सिन्धु जल सम्झौता समेत स्थगित गरिएको छ ।

झण्डै साढे दुई घण्टा चलेको उक्त बैठकमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीहरू सहभागी थिए । मंगलबार काश्मिरको पहलगामस्थित बैसरणमा भएको आतंकवादी आक्रमणमा २७ जना पर्यटकको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आतंककारीहरूले पीडितको धर्म पहिचान गरी हत्या गरेका थिए ।

घटनापछि बुधबार श्रीनगरदेखि दिल्लीसम्म उच्च स्तरीय बैठकहरू आयोजित भए । भारतीय सरकारले स्थिति गम्भीर रहेको भन्दै बिहीबार सर्वदलीय बैठक पनि आह्वान गरेको छ । भारतको पछिल्लो कदमले दक्षिण एशियाली कूटनीतिमा तनाव बढ्न सक्ने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया