Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

टोकियो – जापानमा नेपाल हाउस निर्माण हुने भएको छ । एनआरएन जापानको अगुवाईमा नेपाल हाउस निर्माण हुने भएको हो । नेपाल हाउस निर्माण गर्ने महत्वाकाँक्षी प्रोजेक्टका लागि भन्दै गत वर्ष आयोजना गरिएको १४ औं नेपाल फेस्टिवलबाट ८३ लाख ८२ हजार ८ सय ११ येन बचत भएको एनआरएन जापानले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आईतबार टोकियोमा आयोजित एक समारोहमा फेस्टिवलको आय-ब्यय सार्वजनिक गर्दै उक्त जानकारी गराईएको हो । सार्बजनिक गरिएको आय-ब्यय विवरणअनुसार नेपाल फेस्टिवलबाट २ करोड ३४ लाख ६ हजार १ सय ११ येन कुल आम्दानी भएको र १ करोड ५० लाख २३ हजार ३ सय येन खर्च भएको छ । १४ औं नेपाल फेस्टिवलका आर्थिक संयोजक समेत रहेका एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेले उक्त जानकारी गराउनुभेको हो ।

आयब्यय सार्वजनिक समारोहमा बोल्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सफलतापूर्वक नेपाल फेस्टिवल सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै नेपाल हाउस निर्माणका लागि दूताबासबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, फेस्टिवल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एनआरएनए एसिया प्यासिफिक क्षेत्रका उपसंयोजक दिपक कँडेल, महिला सयोजक अनिता गुरुङ, एनआरएनए जापानका पूर्व अध्यक्षद्वय शिवप्रसाद पौडेल र देविलाल भण्डारी, सल्लाहकार बाबुराम भण्डारी, विशेषज्ञ समिति सदस्य शालिकराम भण्डारी लगायतले नेपाल हाउस निर्माण सम्बन्धमा आ-आफ्ना धारणा राख्नुभएको थियो ।

नेपाल हाउस निर्माणका लागि अनुमानित लागत र स्रोतका सम्बन्धमा जानकारी गराउँदै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले राजधानी टोकियोबाट करिव सवा घण्टाको दूरीमा रहेको चिवास्थित उपयुक्त लोकेशनमा नेपाल हाउसका लागि १ हजार ७ सय ४२ वर्गमिटर (५२८ च्युबो) क्षेत्रफल रहेको जमिनको ब्यवस्थापन भईसकेको बताउनुभयो । अध्यक्ष निउरेका अनुसार बहुसाँस्कृतिक केन्द्रकारुपमा निर्माण गरिने नेपाल हाउस निर्माणमा जमिन खरिदसहित करिव ५ करोड येन खर्च लाग्ने छ । अध्यक्ष निउरेले उक्त रकम जापानका विभिन्न संघसंस्था, ब्यवसायी, नेपाल सरकार, क्लाउड फण्डिङ जस्ता स्रोतबाट जुटाईने योजना रहेको जानकारी दिए ।***

तपाईको प्रतिक्रिया