Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पहलगामको बैसरण उपत्यकामा भएको आतंकवादी हमलाको प्रतिक्रिया स्वरूप भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। घटनापछि बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (CCS) को आकस्मिक बैठक बसेको थियो। साढे दुई घण्टा लामो बैठकमा पाँचवटा महत्त्वपूर्ण निर्णय लिइएको छ।

बैठकले पहिलो निर्णय स्वरूप भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता रोक्ने घोषणा गरेको छ। साथै, अटारी सीमाबाट हुने आवतजावत तत्काल रोकिएको छ। पाकिस्तानी नागरिकहरूका लागि भिसा तत्काल प्रभावबाट निषेध गरिएको छ र हाल भारतमा रहेका पाकिस्तानीहरूलाई ४८ घण्टा भित्र देश छाड्न भनिएको छ। त्यस्तै, भारतस्थित पाकिस्तानी दूतावास बन्द गर्ने निर्णय गरिएको छ भने पाकिस्तानमा रहेको भारतीय दूतावास पनि फिर्ता बोलाउने तयारी गरिएको छ। पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र देश छोड्न निर्देशन दिइएको छ।

बैठकमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित शीर्ष सुरक्षा अधिकारीहरूको उपस्थिति थियो। आक्रमणमा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने २० भन्दा बढी घाइते छन्। मृतकमध्ये भारतका विभिन्न राज्यहरूका पर्यटकहरू, नेपाल र युएईका नागरिकहरू तथा दुई स्थानीय व्यक्ति छन्। हमलाको समयमा बैसरणमा ठूलो संख्यामा पर्यटकहरूको उपस्थिती थियो। भारतले उक्त घटनाको जिम्मेवारी पाकिस्तानप्रति संकेत गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि चर्को विरोध जनाउने तयारी गरेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया