Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्रले राज्यविरुद्धको कसुर र संगठित अपराधमा आफू निर्दोष रहेको दाबी गरेका छन्। तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्रलाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो।

अदालतमा भएको बहसका क्रममा मिश्रले उक्त घटनासँग आफू कुनै पनि प्रकारले संलग्न नरहेको दाबी गरे। उनले अदालतसमक्ष भने, “यो देशमा ईश्वरको नाममा र जनताको नाममा कसम खानेहरूले धेरै फट्याइँ गरे, त्यो मेरो भावनात्मक भनाइ होइन, तथ्यमा आधारित प्रमाणित कुरा हो।” साथै, उनले गम्भीर बिरामी रहेकी ८२ वर्षीया आमाको नाममा कसम खाँदै राज्यविरुद्धको कुनै पनि गतिविधिमा संलग्न नरहेको अडान दोहोर्‍याए।

तीनकुने घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा मिश्रलाई प्रहरीले केही दिनअघि पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखेको छ। बुधबारै मिश्रको म्याद थप गर्ने वा उनलाई रिहा गर्ने भन्नेबारे अदालतले आदेश दिने तयारी गरेको छ। अदालतको निर्णय केहीबेरमा आउनेछ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया