Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – कर्णाली प्रदेश समाज जापानले आगामी साता टोकियोमा ‘कर्णाली साँगीतिक साँझ’ गर्ने भएको छ । कर्णालीका विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग जुटाउने उद्देश्यले उक्त साँगीतिक कार्यक्रम गर्न लागिएको सो समाजका अध्यक्ष कृष्ण शाहीले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अध्यक्ष शाहीका अनुसार यहि अप्रिल २९ तारिख मंगलबार हुने उक्त साँगीतिक साँझका लागि नेपालबाट लोकप्रिय कलाकारहरुको टोली आउँदो २८ तारिख सोमबार बिहान टोकियो आईपुग्ने भएका छन् । कलाकारहरुमा लोक तथा दोहोरी गायक तथा मोडल चक्र बम, पछिल्लो समयमा अत्यधिक रुचाएकी चल्तीकी लोक तथा दोहोरी गायिका इब्शल सञ्ज्याल र लोक तथा दोहोरी गायक उत्तम शर्मा लगायत छन् । नेपालबाट आमन्त्रित कलाकारहरुलाई जापानमै रहेका स्थानीय कलाकारहरुले साथ दिने भएका छन् ।

जापानको रंगमञ्चमा पहिलोचोटी हुन लागेको नितान्त नौलो, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका रैथाने लोकसँस्कृति र जनजीवनको चित्रण गर्ने साँगीतिक कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन र पिछडिएको कर्णालीका विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग जुटाउने अभियानमा साथ दिन कर्णाली प्रदेश समाज जापानले जापानबासी नेपालीहरुमा अपिल गरेको छ ।

२९ तारिख टोकियोको इकेबुकुरोमा हुने कार्यक्रमको प्रवेश टिकट भिआइपीका लागि १० हजार, नर्मल ३ हजार येन र विद्यार्थीका लागि २ हजार येन तोकिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखा र सुदूरपश्चिमेली समाज जापान सहआयोजक रहेको ‘कर्णाली साँगीतिक साँझ’ कार्यक्रमको सबै तैयारी पूरा भईसकेको कार्यक्रम संयोजक बीरेन्द्र शाहीले जानकारी दिनुभयो ।

कलाकारहरु २८ तारिख सोमबार बिहान नेपाल एअरलाइन्सबाट नारिता आईपुग्ने कार्यक्रम छ । ‘कर्णाली साँगीतिक साँझ’ २९ तारिख टोकियोको इकेबुकुरोस्थित सिभिक सेन्टरमा साँझ ५ बजेबाट हुने छ भने मे २ तारिख ओसाका, ३ तारिख कोबे, ४ तारिख ओकिनावा र ६ तारिख नागोयामा कार्यक्रम तय भएको समाजका महासचिव हिमप्रकाश थापाले बताउनुभयो ।

अप्रिल २९ तारिख टोकियोमा हुन गईरहेको कर्णाली साँझमा भगवानरुपी दर्शकस्रोताहरुलाई गीत र संगीतको माद्यमबाट कर्णालीको भूगोल र भावनासंग जोड्ने हाम्रो अत्यधिक प्रयत्न रहने छ, जापानबासी नेपालीहरुसंग पहिलोचोटी साँगीतिक शिष्टाचार गर्ने अवसर पाउँदा ज्यादै खुशी लागेको छ, छिट्टै हाम्रो भेट कर्णाली साँझमा हुने छ’ – बहुप्रतिभाशाली गायक, मोडल चक्र बमले भन्नुभयो । ***

तपाईको प्रतिक्रिया