Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान–११ मा सडक र ड्रेन निर्माणको विवाद मिलाउन गएका नगर प्रमुख हर्क साम्पाङको उपस्थितिमा भएको झगडामा कुटिएका सन्तोष लिम्बूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन्। नगरकोट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लिम्बूले मेयर साम्पाङ, वडा नं. ११ का अध्यक्ष लोकेन्द्र फागो र समर्थक चङ्खे (जोन लिम्बू)विरुद्ध अभद्र व्यवहारको आरोप लगाउँदै उजुरी दर्ता गरेका हुन्।

विवाद नगरकोट–बानडाँडा सडक स्तरोन्नतिको काम कसको क्षेत्रमा पर्ने भन्ने विषयमा उत्पन्न भएको थियो। प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरे पनि यो वर्ष केवल माथिल्लो क्षेत्रमै काम हुने भनिएपछि विवाद चुलिएको हो। मेयर साम्पाङ सोमबार आउने भनिए पनि मंगलबार मात्रै निर्माणस्थल पुगेका थिए। सोही क्रममा प्रमुख साम्पाङ र लिम्बूबिच भनाभन भएको थियो। लिम्बूले आफू नागरिक भएको बताएपछि मेयरले उनको हैसियत सोध्दै आक्रोश व्यक्त गरेका थिए। त्यसपछि समर्थक चङ्खेले लिम्बूमाथि हातपात गरेका थिए।

साम्पाङले घटनामा मौन बसेको भन्दै लिम्बूले कानुनी उपचार खोज्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। लिम्बूकै पहलमा सो बजेट वडा नं. ११ मा आएको हो।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया