Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको विषयलाई लिएर सत्तारुढ एमालेकै नेताहरूले विभिन्न कोणबाट टिप्पणी गरिरहेका छन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामाले उनको नैतिक धरातल अझै उच्च बनाएको टिप्पणी गरेकी छिन् । इमानदार भएकै कारण उनले राजीनामा दिनुपरेको हो ? भनेर समेत उनले प्रश्न उठाएकी छिन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रधानमन्त्रीको असहयोग र दबाबका कारण उनले राजीनामा दिएको विषय बाहिर आएपछि शिक्षामन्त्रीलाई किन सहयोग भएन भनेर समेत प्रश्न उठाएकी छिन् । एमाले सांसद समेत रहेकी भट्टराईले हिजो (सोमबार) शिक्षामन्त्री पदबाट राजीनामा दिएकी छन् । उनको राजीनामापछि पार्टीभित्र तर्क वितर्क चलिरहेको छ । भट्टराईलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गर्दा राजीनामा आएको भनेर एमालेका कतिपय नेताहरूले टिप्पणी समेत गरेका छन् । यसैबीच उपाध्यक्ष शाक्यले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रश्न गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘शिक्षक आन्दोलन चलिराखेको वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ? उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईँको इमान र नैतिकता सबैका लागि सधैँ प्रेरणा बनोस् ।’

तपाईको प्रतिक्रिया