Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – शिक्षक आन्दोलनको चर्किंदो माहोलबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा, चैत ११ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । मंगलबार बिहान डाकिएको बोर्ड बैठकमा परीक्षा सार्ने सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर, बैठकको निष्कर्ष भने विपरीत निस्कियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैठकमा शिक्षा सचिव दीपक काफ्लेले कर्मचारी परिचालन गरेर भए पनि परीक्षा तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिएका थिए । बोर्ड स्रोतका अनुसार सचिव काफ्लेको निर्देशनअनुसार परीक्षा अगाडि बढाउने निर्णय गरिएको हो ।

बोर्ड अध्यक्ष महाश्रम शर्माले केही दिन परीक्षा सार्न सकिने संकेत दिएका थिए । तर, शिक्षामन्त्रीको राजीनामापछि बैठकमा सहभागी भएका सचिव काफ्लेले प्रधानमन्त्री र मुख्यसचिवको निर्देशनको हवाला दिँदै परीक्षा सार्न नहुने अडान लिए। एक सदस्यका अनुसार, ‘सीडीओमार्फत कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्नुपर्ने कुरा सचिवले उठाउनुभयो, त्यसपछि बैठकमा सबैले सहमति जनाए ।’

नियमअनुसार, शिक्षा सचिव बोर्डका उपाध्यक्ष हुन् भने जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी परीक्षा समन्वय समितिका प्रमुख रहने व्यवस्था छ । अध्यक्ष शर्माले अब पनि शिक्षकहरुलाई परीक्षा सञ्चालनमा सहभागी हुन अपिल गरिने जानकारी दिए ।

आवश्यक परे वैकल्पिक उपायबाट परीक्षा सञ्चालन अघि बढाइने निर्णयसमेत भएको बताए । तर, परीक्षा सुरु हुन अब ४८ घण्टाभन्दा कम समय बाँकी रहँदा केन्द्राध्यक्ष र निरीक्षकहरूको छनोट अझै भइसकेको छैन । तिनीहरूलाई तालिम वा अभिमुखीकरण पनि दिइएको छैन ।

नेपाल शिक्षक महासंघले आन्दोलनका क्रममा परीक्षा बहिष्कारको आह्वान गर्दै शिक्षक तथा कर्मचारीलाई सहभागिता नगर्न आग्रह गरिरहेको छ । देशभरका १,५९१ केन्द्रमा ५ लाख १९ हजार विद्यार्थीले परीक्षा दिने तयारी गरिरहेका छन् । परीक्षा सफल बनाउन केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सुरक्षाकर्मी गरी करिब २० हजार जनशक्ति आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया