Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – कैलालीको टिकापुरका २७ वर्षीय भरत धामीको जापानमा अल्पायुमै निधन भएको खबरले जापानस्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ । करिब ६ वर्षअघि विद्यार्थी भिसामा जापान आएका धामीको निधनप्रति सुदूरपश्चिमेली नेपाली समाज जापानले गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्व. धामीको परिवारलाई थोरै भएपनि आर्थिक राहतको लागि सहयोग पुर्‍याउने उद्देश्यले सुदूरपश्चिमेली नेपाली समाज जापानको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । यस अभियानमा जापानभरिका विभिन्न संघसंस्था र नेपालीहरूले सहयोग गरेका छन् ।

संकलित सहयोग रकम ¥304,000 (तीन लाख चार हजार येन) पुगेको छ, जुन नेपाली रुपैयाँमा रूपैयाँ २,९०,३२० (दुई लाख नब्बे हजार तीन सय बीस) बराबर हुन्छ । उक्त रकम मृतककी आमा जौमती धामी भण्डारीको नाममा महालक्ष्मी बैंक, टिकापुरमा रहेको खातामा रेमिट्यान्समार्फत पठाइएको छ ।

यो अभियानमा सुदूरपश्चिमेली नेपाली समाज टोकियो,एनआरएनए जापान, कर्णाली समाज जापान, बझाङ समाज जापानलगायत थुप्रै संघसंस्था र दर्जनौं नेपाली नागरिकहरूले आ-आफ्नो सामर्थ्य अनुसार सहयोग गरेका थिए । सुदूरपश्चिमेली नेपाली समाज जापानले आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

सहयोग सूचीमा नाम छुटेको खण्डमा जानकारी गराउन अनुरोध गरिएको छ । केही सहयोगदाताहरूबाट समयमै रकम प्राप्त नहुनुले रेमिट्यान्स प्रक्रिया केही ढिलो भएको जानकारी समेत समाजले दिएको छ ।

तपाईको प्रतिक्रिया