समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई केन्द्रमा राख्दै काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनलाई जारी राख्न आग्रह गरेका छन्।
शिक्षा क्षेत्रमा सुधारको माग गर्दै २१ दिनदेखि आन्दोलनरत शिक्षकहरूले अघिल्लो समयमा पटक–पटक धोका व्यहोर्नु परेको भन्दै प्रचण्डले उनीहरूको संघर्ष यथावत् राख्नुपर्ने बताएका हुन्। उनका अनुसार, शिक्षामा गुणस्तरीय परिवर्तनको मागसहितको यो आन्दोलनले सार्थक नतिजा ल्याउन सक्छ। त्यसैले यसलाई बीचमै रोक्नु उपयुक्त नहुने उनको तर्क छ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् । उनले भने, ‘शिक्षक साथिहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभएको छ, पटकपटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ ।