Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) हेर्न आज काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएसएल आयोजक टोलीले उनलाई विशेष स्वागत गरेको हो।

कार्लोस एनएसएल आयोजकको निमन्त्रणामा नेपाल आएका हुन्। विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाल आउन पाउँदा निकै खुशी लागेको बताए। साथै, उनले नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकहरूलाई धन्यवाद पनि दिए। उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो क्वालिफायर खेल हेर्ने कार्यक्रम रहेको छ। उक्त खेल पोखरा थन्डर र धनगढी एफसीबीच हुनेछ।

रोबर्टो कार्लोस विश्व फुटबलका इतिहासमै एक प्रमुख डिफेन्डरको रूपमा चिनिन्छन्। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए। त्यसअघि सन् १९९८ को विश्वकप फाइनलमा पनि उनी ब्राजिल टोलीमा मुख्य स्थानमा थिए। उनको नेपाल आगमनले एनएसएलमा थप उत्साह थपिएको छ भने नेपाली फुटबलप्रेमीहरूलाई ऐतिहासिक क्षणको अनुभव दिलाउने अपेक्षा गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया