समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने निर्णय गरेको छ। सानोठिमीमा बसेको बोर्ड बैठकले नेपाल शिक्षक महासंघको आन्दोलनका बाबजुद परीक्षा नरोकिने स्पष्ट पारेको हो। महासंघले परीक्षा सञ्चालनमा सहयोग नगर्ने निर्णय गरेपछि विद्यार्थी र अभिभावकमाझ अन्योल सिर्जना भएको थियो। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार शिक्षकहरू नआएमा निजामती कर्मचारीमार्फत परीक्षा सञ्चालन गरिनेछ।
जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजनमा परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिइनेछ। प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र अन्य कर्मचारीहरूको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्नेछन्। आन्दोलनमा सहभागी नभएका शिक्षकलाई प्राथमिकता दिइनेछ।
बोर्डले आन्दोलनरत शिक्षकहरूलाई परीक्षा सञ्चालनमा सहयोग गर्न आग्रहसमेत गरेको छ। यस वर्ष करिब पाँच लाख विद्यार्थी परीक्षा दिनेछन्। देशभर एक हजार ५९१ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा जापानमा एउटा केन्द्र पनि समावेश छ। परीक्षाका लागि २० हजार सुरक्षाकर्मी, दुई हजार कर्मचारी र प्रत्येक केन्द्रमा कम्तिमा एक कार्यालय सहयोगी खटाइने तयारी छ।