Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – जापानमा अध्ययन तथा रोजगारीका लागि गएका नेपालीहरूका समस्या र चुनौतीबारे छलफल गर्न अभिभावक र विद्यार्थीबीच विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको  छ । कार्यक्रमको आयोजना हनामिजुकी ट्रेनिङ प्रालिले गरेको हो, जसले जापानमा रहेका नेपालीहरूलाई छात्रवृत्ति, रोजगारको अवसर, आर्थिक सहयोग र परामर्श सेवा सम्बन्धी जानकारी उपलब्ध गराएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यक्रममा हनामिजुकीका संस्थापक अध्यक्ष विनोद आचार्यले वैदेशिक अध्ययन र रोजगारीको बाटो सधैं सजिलो नहुने भन्दै भने, ‘विदेशमा असहज परिस्थितिलाई कसरी सामना गर्ने र यस्तो बेलामा सहयोगी संस्था वा व्यक्तिसँग कसरी जोडिने भन्ने कुरा अत्यन्तै आवश्यक छ ।’

उक्त संस्था जापान-नेपाल सरकारबीचको ‘जिटुजी सम्झौता’ अन्तर्गत नेपाली कामदारलाई ‘फ्रि भिसा’मार्फत जापान पठाउने पहिलो कम्पनी हो। हालसम्म हनामिजुकीमार्फत २५ सय हाराहारी नेपाली जापान पुगेका छन् ।

जापानी नागरिक एचुको कानेको, ओनो खाजुओ र रिए उएनोले जापान जान चाहने नेपालीहरूलाई समयमै यथोचित तयारी गर्न सुझाव दिए । ‘नेपालीहरू उज्वल भविष्यको सपना बोकेर ठूलो लगानीसहित जापान आउँछन्, तर यहाँ आएपछि अनपेक्षित चुनौतीहरू आउन सक्छन्,’ उनीहरूको भनाइ थियो ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका पूर्व सचिव डा. होमनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा. शिवकुमार राईले पनि जापान पुग्दैमा सफलता प्राप्त हुने भन्ने भ्रमबाट विद्यार्थी र अभिभावक दुवै सचेत हुनुपर्नेमा जोड दिए ।

यसै अवसरमा ‘कानेको अवार्ड’ अन्तर्गत ‘जापान-नेपाल फ्रेण्डसिप छात्रवृत्ति’ को घोषणा पनि गरियो । यो छात्रवृत्ति जापानी नागरिक एत्सुको कानेकोले स्थापना गरेको १ करोड १० लाख रूपैयाँको कोषबाट सञ्चालित हुनेछ । नेपाल संयोजक प्रकाश आचार्यका अनुसार, यसवर्ष नेपालका पवन मगर, अमृता लामा तामाङ (जिरेल), खगेस्वरी कुमारी रावत र जापानकी पूर्णिमा मरासिनीले जनही एक लाख रूपैयाँको छात्रवृत्ति प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया