समाचार सुन्नुहोस :
काठमाडौँ – ताप्लेजुङमा पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर चार जनाको मृत्यु भएको घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृतकहरूमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल र जिप चालक ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।
मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङबाट पाथीभरा दर्शनार्थी लिएर जाँदै गर्दा फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा विद्युत् पोलबाट लत्रिएको तारमा जिप अल्झिँदा अचानक आगलागी भएको थियो। घटनामा घाइते भएकामध्ये ललितपुरकी ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य रहेका छन्। दुवैलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए।
यो पनि पढ्नुहोस्: ताप्लेजुङमा बलेरो गाडीमा आगलागी: चार जनाको मृत्यु, दुई घाइते