Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरूले आज पनि राजधानी केन्द्रित आन्दोलन जारी राख्ने भएका छन्। विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने मागसहित शिक्षकहरू गत चैत २० गतेदेखि लगातार काठमाडौंमा प्रदर्शनरत छन्। आन्दोलनको नेतृत्व गरिरहेका महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत आजको प्रदर्शन बिहान ९ बजे माइतीघर मण्डलाबाट सुरु हुने जानकारी दिएका छन्।

सुवेदीले आन्दोलनलाई अनुशासन र मर्यादासहित निरन्तरता दिनुपर्नेमा जोड दिँदै, केही दिन अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्। सरकारले शिक्षकहरूलाई काममा फर्काउन वार्ता प्रयासहरू गरे पनि माग पूरा नभएसम्म शिक्षकहरूले आन्दोलन नछाड्ने अडानमा छन्।

यस अवधिमा प्रधानमन्त्री, सभामुख र शिक्षामन्त्रीसँग भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्कँदा आन्दोलन कायमै छ। सरकारले संसद अधिवेशन आह्वान गर्दै ऐन ल्याउने संकेत गरे पनि शिक्षकहरू आश्वस्त हुन नसकेको भन्दै आन्दोलनलाई निरन्तरता दिइराखेका छन्।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया