Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा सांसद डा. धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, क्यान्सर पीडित राणालाई उपचार आवश्यक भएकाले आइतबार साँझ रिहा गरिएको हो।

राणामाथि लागेको आरोपबारे भने प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ। प्रवक्ता श्रेष्ठले राणाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले ढिलो भए पनि रिहा हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै अन्य नेताहरूको थुनाबारे भने असन्तुष्टि व्यक्त गरे। “डा. राणाको रिहाइ स्वागतयोग्य छ, तर राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत अन्य देशभक्त व्यक्तिहरूलाई अझै थुनामा राखिनु अन्यायपूर्ण र नाजायज हो,” श्रेष्ठले प्रतिक्रिया दिए।

गत चैत १५ गते तीनकुनेमा राजतन्त्र पुनर्स्थापनाको मागसहितको प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्न भएको आरोपमा डा. राणा पक्राउ परेका थिए। राप्रपाले सो घटनालाई शान्तिपूर्ण आन्दोलनको रूपमा व्याख्या गर्दै राज्यद्वारा गरिएको हस्तक्षेपको विरोध गर्दै आएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया