Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – शनिबार अमेरिकाका विभिन्न सहरहरू—न्युयोर्क, वासिङ्टन लगायतमा हजारौं नागरिकले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा दोस्रो चरणको व्यापक विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले ट्रम्पका कठोर नीतिहरूको आलोचना गर्दै ‘अमेरिकामा राजा हुँदैनन्’ र ‘अत्याचारको प्रतिरोध गरौँ’ भन्ने नारासहित न्यूयोर्कको केन्द्रीय पुस्तकालय अगाडि भेला भएका थिए।

आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै उनीहरूले “नो आइसिई, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ” भन्ने नारा लगाएका थिए। आप्रवासन र भन्सार प्रवर्तन एजेन्सी (ICE) को गतिविधिको विरोधमा प्रदर्शनकारीहरूले कागजातविहीन आप्रवासीहरूको निष्कासनप्रति गम्भीर आपत्ति जनाए।

वासिङ्टनमा ह्वाइट हाउसअगाडि उभिएर ४१ वर्षीय बेन्जामिन डगलसले ट्रम्प प्रशासनले कानुनी शासन र संवैधानिक अधिकारमाथि आक्रमण गरिरहेको आरोप लगाए। प्यालेस्टिनी समर्थक विद्यार्थी महमुद खलिलको रिहाईको माग गर्दै डगलसले ट्रम्प प्रशासनलाई विदेशीप्रति घृणा फैलाउने प्रयास र कानुनी अधिकारहरू कमजोर पार्ने खेलमा संलग्न भएको बताए।

न्युयोर्कमा प्रदर्शनमा सहभागी भएकी ७३ वर्षीया क्याथी भालीले ट्रम्पलाई “हिटलरभन्दा मूर्ख” भन्दै चेतावनी दिइन् कि उनी एक विभाजित टिमद्वारा प्रयोग भइरहेका छन् र अमेरिकामा खतराको संकेत स्पष्ट देखिन थालेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया