आइतबार सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
समाचार सुन्नुहोस :
काठमाडौँ – आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन। अघिल्लो कारोबार दिन शुक्रबार ८०० रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहँदै कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाला सुनको मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ कायम गरिएको छ, जुन शुक्रवारको मूल्यमै यथावत् राखिएको हो।
चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि यही मूल्यमा चाँदी किनबेच भएको थियो।
नेपालमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारको दरको आधारमा हुने गर्छ। आजको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सुन प्रतिऔंस ३,३१५.१३ अमेरिकी डलर र चाँदी ३२.४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।