समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दैछिन्। उनी संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औं सत्रमा सहभागी हुन थाइल्यान्ड जान लागेकी हुन्। यो सत्र आगामी अप्रिल २१ देखि २५ तारिखसम्म बैंककमा आयोजना हुँदैछ।
‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ भन्ने मुख्य विषयमा केन्द्रित उक्त बैठकमा मन्त्री राणाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। उक्त प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोगका अधिकारीहरू र थाइल्यान्डस्थित नेपाली दूतावासका प्रतिनिधिहरू पनि रहनेछन्।
नेपाल हाल युएनस्केपको अध्यक्ष राष्ट्र भएकाले मन्त्री राणाले सत्रको अध्यक्षता गर्नुका साथै नेपाल सरकारको तर्फबाट औपचारिक सम्बोधन गर्ने कार्यक्रम रहेको छ।