Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – संक्रमणकालीन न्यायसम्बन्धी जटिलता समाधान गर्नका लागि प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार महत्वपूर्ण बैठक बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा सहभागी भएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संक्रमणकालीन न्यायसँगै समसामयिक राजनीतिक विषयहरुमा समेत विस्तृत रुपमा विचारविमर्श भएको हो। लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाउने विषयमा बैठक केन्द्रित रहेको स्रोतले जनाएको छ।

यसअघि पनि दुईवटा संक्रमणकालीन न्यायसम्बन्धी आयोग – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग – मा पदाधिकारी नियुक्तिको विषयमा नेताहरूबीच पटक–पटक छलफल हुँदै आएको थियो। प्रधानमन्त्री ओलीका कानुन तथा मानवअधिकारसम्बन्धी सल्लाहकार चूडामणि खरेलको पहलमा पछिल्लो समय शान्तिप्रक्रियाको बाँकी रहेको यो महत्त्वपूर्ण पक्ष निष्कर्षमा पुर्‍याउन नेताहरूबीच संवाद बढाइएको हो।

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया