Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीलाई नेपालमै लगानी गर्न आह्वान गरेका छन्। कतारको दोहामा आयोजित बागलुङ सेवा समाज कतारको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा प्रशस्त लगानीको सम्भावना रहेको बताए।

ढकालले नेपालमा केही छैन भन्ने नकारात्मक धारणा गलत भएको उल्लेख गर्दै, “विदेशमा जस्तो मेहनत नेपालमा गरे धेरै सम्भावना छन्,” भने। उनले नेपालमा लगानीको वातावरण निर्माण भइरहेको भन्दै वैदेशिक रोजगारमा रहेका नेपालीलाई त्यसमा सहभागी हुन आग्रह गरे। उनले रु १० अर्ब पुँजीसहित स्थापना गरिएको नेपाल डेभलपमेन्ट कम्पनीमार्फत जलविद्युत्, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानी गरिने जानकारी दिए। यस कम्पनीले विदेशमा रहेका नेपालीहरूको पुँजी सङ्कलन गरी नेपालको विकासमा लगानी गर्ने उद्देश्य लिएको छ।

कार्यक्रममा ढकालले बागलुङवासीले अक्षयकोष स्थापना गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा प्रशंसा गर्दै सो कोषमा रु १५ लाख सहयोग गर्ने घोषणा पनि गरे। कार्यक्रममा बागलुङसम्बद्ध व्यक्तिहरूबाट उनलाई सम्मान प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया