Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – युट्युबमार्फत प्रसारण हुँदै आएको टेलिसिरियल ‘मनको बाँध’ मा चर्चित जापानी अभिनेत्री माहोले अभिनय गर्ने भएकी छन्। नेटफ्लिक्सको सिरिज ‘अफलाइन लभ’ मार्फत चर्चा कमाएकी माहो मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् र पेरिस फेसन वीकजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्ममा भाग लिएकी छन्।

प्रदीप खड्गी निर्देशित ‘मनको बाँध’ को कथावस्तु कोठा भाडामा बस्ने पात्रहरूको पारिवारिक सम्बन्ध र द्वन्द्वमा केन्द्रित छ। माहोको सहभागिता टेलिसिरियलको विशेष भागमा ‘केमियो’ रूपमै हुनेछ। अन्तर्राष्ट्रिय कलाकारको सहभागिता टेलिसिरियललाई थप आकर्षक बनाउने निर्देशक खड्गीको विश्वास छ। फोकस पिक्चर्सको युट्युब च्यानलमार्फत हरेक शनिबार साँझ ७ बजे प्रसारण हुने यो सिरियलको १९औं भागमा माहो देखिनेछ। सिरियलको कथा दिवस खड्कीले लेखेका हुन् भने पटकथा निर्देशक खड्गीकै हो।

श्रृंखलामा श्रेया कर्माचार्य, दृष्टि थापा, प्रवीण बजगाईंलगायत कलाकारको अभिनय रहेको छ। निर्माता सन्नी शाही र कार्यकारी निर्माता आशिष शाही छन्। सिरियलको शीर्ष गीत रन्त शोभा महर्जन र सन्नी शाहीले गाएका छन्, जसको संगीत निर्देशक खड्गीकै हो। छायांकन अमन र राज महर्जनले गरेका छन् भने सम्पादन आभास महर्जनले गरेका छन्।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया