Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणालाई रिहा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले राणाकी पत्नी प्रतिमा राणालाई शनिबार बिहान प्रहरी परिसरमा उपस्थित हुन भनेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राप्रपाका नेता ऋषिराज देवकोटाले पत्नी प्रतिमा राणालाई प्रहरीले बोलाएको पुष्टि गर्दै आफूहरू पनि प्रहरी परिसर जाने तयारीमा रहेको जानकारी दिए । यसअघि शुक्रबार नै राणालाई रिहा गर्ने योजना थियो, तर आवश्यक कानुनी प्रक्रिया ढिला भएकाले रिहा प्रक्रिया स्थगित गरिएको प्रहरीले जनाएको छ । राणा रिहा हुने खबर बाहिरिएपछि शुक्रबार राप्रपाका नेता तथा कार्यकर्ताहरूको भीड प्रहरी परिसरमा लागेको थियो ।

प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालयले राणालाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरेको छ । क्यान्सरका बिरामी रहेका राणालाई नियमित उपचार तथा फलोअपका लागि भारत जानुपर्ने भएकाले उनलाई अस्थायी रूपमा हाजिर जमानीमा छोड्ने निर्णय भएको  हो । उनका अनुसार राणाको बयान प्रक्रिया पूरा भइसकेको छ र अब मुद्दा अघि बढाइनेछ ।

गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि राणा त्यसै दिन पक्राउ परेका थिए । उनलाई स्वास्थ्य उपचारबाट वञ्चित गरिने प्रयास भइरहेको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका पक्षधर संयुक्त जनआन्दोलन समितिले कडा आपत्ति जनाइसकेको थियो ।

तपाईको प्रतिक्रिया