Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर राणालाई रिहा गर्ने तयारी गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राणाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारका लागि अस्थायी रूपमा रिहा गरिने निर्णय लिइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राणाको परिवारले गृह मन्त्रालयमा उपचारको व्यवस्था गर्न छुट दिन आग्रह गर्दै निवेदन दिएको थियो । मन्त्रालयले उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा रिहा गर्न लागिएको बताइएको छ । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणा र अन्य नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

उक्त दिनै पक्राउ परेकाहरूलाई पहिलोपटक अदालतले पाँच दिनका लागि हिरासतमा राख्न अनुमति दिएको थियो । त्यसपछि क्रमशः चैत २० गते थप ६ दिन र अन्ततः चैत २६ गते १५ दिनको म्याद थप गरिएको थियो । अहिले भने स्वास्थ्य कारण देखाउँदै राणालाई अस्थायी रूपमा रिहा गर्ने प्रक्रिया अघि बढाइएको हो ।

तपाईको प्रतिक्रिया