Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – कहिलेकाहीँ सानो गल्तीको मूल्य यति भारी पर्न सक्छ कि जीवनभरको इमानदारीले पनि ढाक्न नसक्ने हुन्छ । जापानको क्योटो सिटीका एक चालकले नसोकेकै सजाय भोगे । २९ वर्षदेखि निष्ठापूर्वक बस सेवा गरेका चालकलाई ७ अमेरिकी डलर (झन्डै १ हजार येन) चोरीको आरोपमा बर्खास्त गरिएको छ, जसले गर्दा उनले ८४ हजार अमेरिकी डलर (१ करोड २० लाख येन) बराबरको अवकाश सुविधा गुमाएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०२२ मा घटेको यो घटना क्योटो सिटीको सार्वजनिक बसमा सुरक्षा क्यामेराबाट देखिएको थियो । पाँच यात्रुको समूहले १ हजार १५० येन भाडा तिर्नुपर्नेमा चालकले उनीहरूलाई सिक्का बाकसमा १५० येन हाल्न भने र बाँकी १ हजार येनको नोट आफैंले राखेको आरोप लागेको थियो ।

शुरुमा ती चालकले आफ्नो पक्षमा जिल्ला अदालतको फैसला जितेका थि ए। तर नगर कार्यालयले पुनरावेदन गर्दै मुद्दालाई सर्वोच्च अदालतसम्म पुर्‍यायो । अन्ततः सर्वोच्च अदालतले नगर कार्यालयकै पक्षमा निर्णय दिंदै चालकको बर्खास्ती र अवकाश सुविधा खारेज गर्ने निर्णयलाई सदर गर्‍यो ।

सर्वोच्च अदालतले भनेको छ, ‘उक्त कर्मीको आचरणले सार्वजनिक यातायात प्रणाली र सेवाप्रतिको जनविश्वासमा गम्भीर असर पार्न सक्थ्यो ।’ अदालतको ठम्याइअनुसार इमानदारी र जवाफदेहिताको मर्मलाई ध्यानमा राख्दै निर्णय लिइएको हो ।

क्योटो सिटीको सार्वजनिक यातायात ब्यूरोका अधिकारी शिनिची हिराईले भने, ‘हाम्रा बस चालकहरू एक्लै काम गर्छन् र जनताको पैसासँग सिधा सरोकार राख्छन् । यदि हामीले यस्ता घटनालाई हल्का रूपमा लियौं भने संस्थागत लापरवाही मौलाउने खतरा हुन्छ । जनविश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो ।’

यस घटनाले जापानजस्तो कडा कार्यनैतिकता भएको देशमा समेत एकछिनको कमजोरीले कसरी वर्षौंको मेहनत गुम्न सक्छ भन्ने स्पष्ट गरेको छ । निष्ठा र अनुशासनको मूल्य अत्यन्तै उच्च हुने यो सन्देशसँगै अब जापानमा सार्वजनिक सेवा क्षेत्रमा इमानदारीको मापदण्ड झन् कडाइका साथ लागू हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया