Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – सुमधुर स्वरका धनी गायक तथा सर्जक कुमार पुन मगरले आफ्नो नयाँ लोकपञ्चेबाजा गीत ‘मयाली…’ सार्वजनिक गरेका छन् । नेपाली मौलिकतालाई उजागर गर्ने गीतलाई कुमार पुनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गीतमा कुमार पुनलाई लोकगायिका मन कुमारी छन्त्यालले सुमधुर स्वरमा साथ दिएकी छन् । लोकसाँगीतिक स्वाद भरिएको ‘मयाली’ गीतमा बाग्लुङको निसिखोला क्षेत्रका सुरम्य गाउँघर, हरियाली डाँडाकाँडा र मौलिक जीवनशैलीलाई मनमोहक शैलीमा प्रस्तुत गरिएको छ । यही कारण, गीतले आफ्नोपनको स्पर्श गराउँछ र दर्शकलाई गाउँले माटोको सुगन्ध महसुस गराउँछ ।

विवेश बुढा मगरको निर्देशनमा बनेको भिडियोमा ज्योती थापा मगर र समिर भण्डारीको जीवन्त अभिनय देख्न सकिन्छ । ग्रामीण परिवेश, स्थानीय नाचगान र प्रेमिल दृश्यहरूलाई जोड्दै तयार पारिएको भिडियोमा युवायुवतीबीचको प्रेम संवाद र मनछुने क्षणहरूलाई कलात्मक ढंगले उतारिएको छ ।

गीतले पञ्चेबाजाको धुनमा आधारित भएर नेपाली संस्कृतिको मौलिक पक्ष झल्काएको छ । स्थानीय संस्कृति, पहिचान र संगीतप्रतिको मोह भिडियोका हरेक फ्रेममा झल्कन्छ । लोकपारखी दर्शक तथा श्रोतामाझ यो गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया