समाचार सुन्नुहोस :
काठमाडौँ – छ महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। आवश्यक कच्चा पदार्थको आपूर्ति र उपकरणहरूको मर्मत कार्य सम्पन्न भएपछि उद्योगले हालै चुनढुङ्गा तयार पार्ने काम सुरु गरेको छ।
निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले केही दिनभित्र सिमेन्ट उत्पादन सुरु हुने जानकारी दिए। प्रारम्भिक चरणमा उद्योगले दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ। कर्णले उद्योगमा हाल सञ्चालनमा रहेका उपकरणहरू विसं २०३३ मा जडान गरिएका पुराना भएकाले तिनको स्थानमा नयाँ उपकरण अनिवार्य रुपमा खरिद गर्नुपर्ने आवश्यकता औंल्याए।
तर, नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महसुल र कर्मचारीहरूको पारिश्रमिकको व्यवस्थापनमै कठिनाइ भइरहेको अवस्थामा नयाँ उपकरण खरिद असम्भवजस्तै देखिएको उनको भनाइ छ। यद्यपि, कर्णले यस्ता समस्याहरू समाधान गर्न सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।