Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानको बिस्तारित चौथो शाखा आराकावा क्याम्पसमा यहि अप्रिल २१ बाट पढाई सुरु हुने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसका लागि स्कुलले टाढा पर्ने विद्यार्थीहरुका लागि ओकुबोबाट बस सेवाको ब्यवस्था गर्ने भएको छ । जसअनुसार ओकुबो, उएनो, निप्पोरी, निशी निप्पोरी, ताबाता, माचिया हुँदै आराकावा पुग्ने रुट निर्धारण गरिएको छ ।

हाललाई नर्सरी तहदेखि पाँच कक्षासम्म पढाई हुने गरी ब्यवस्था मिलाईएको स्कुल ब्यवस्थापनले जनाएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानको प्रि-स्कुल एभरेष्ट किड्स ओकुबोमा, कक्षा १ देखि ३ सम्म आशागाया क्याम्पसमा र कक्षा ४ देखि कक्षा १२ सम्म ओगिकुबो क्याम्पसमा पढाई भईरहेकोमा यसै शैक्षिक सत्रदेखि आराकावा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थितिलाई ध्यानमा राख्दै प्रि-स्कुलदेखि कक्षा ५ सम्म आराकावा क्याम्पस सञ्चालन गर्न लागेको नवगठित सञ्चालक समितिका अध्यक्ष किरणविक्रम थापाले समुद्रपारिलाई बताउनुभयो ।

ओकुबोस्थित एभरेष्ट किड्समा सिट क्षमताका कारण भर्ना गर्न नसकिएका नानीबाबुहरुलाई पनि आराकावामा ब्यवस्थापन गर्ने गरी स्कुल बसको ब्यवस्था मिलाईएको प्रिन्सिपल बिष्णुप्रसाद भट्टले बताउनुभयो ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापानको बिस्तारित चौथो शाखा आराकावा क्याम्पसको औपचारिक उदघाटन समारोह भने आगामी मे महिनाको १७ तारिख गरिने तय भएको इआइएसजे कम्पनी प्रमुख दिपक सुबेदीले जानकारी दिनुभयो ।

स्मरण रहोस्, गत अप्रिल ६ मा सम्पन्न सातौ अधिवेशनले स्कुलको सञ्चालक समितिको अध्यक्षमा किरणविक्रम थापालाई र कम्पनी प्रमुखमा दिपक सुबेदीलाई नयाँ जिम्मेवारी दिईएको हो ।***

तपाईको प्रतिक्रिया