Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माइतीघरमा गरेको प्रदर्शनमा समातिएका अमेरिकी नागरिक जुलियन क्रिपा ब्लिस लाई गृह मन्त्रालयले नेपालबाट डिपोर्ट गर्ने निर्णय गरेको छ। राप्रपाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बर्खास्त गर्ने निर्णय विरुद्ध चैत १४ मा प्रदर्शन गरेको थियो। जसमा ब्लिस पनि सहभागी भएका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाएको थियो। विभागका निर्देशक टीकाराम ढकालले ब्लिस विरुद्ध अनुसन्धान पूरा गरी डिपोर्ट प्रक्रिया अघि बढाइएको बताए। उनले गृह मन्त्रालयको निर्देशनमा अब ब्लिसलाई दुई वर्ष नेपाल आउन प्रतिबन्ध लगाइने जनाए।

ब्लिसले आफू प्रदर्शनमा सहभागी हुने उद्देश्यले त्यहाँ नपुगेको दाबी गरेका छन्। उनले गाई, महिला तथा बालबालिकाको अधिकार रक्षाको लागि कार्य गर्दै आएको बताए। तर, उनको भिसा अवधि फेब्रुअरी ३ मा सकिएपछि पनि थप ३४ दिन (फेब्रुअरी १९-मार्च २४) नेपालमा बसेको पुष्टि भएको छ। अब उनलाई नेपालबाट निकाल्ने तयारी भइरहेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया