Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिका–३, पैंक क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।

यसअघि, सोमबार राति ९:३१ बजे पनि सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो। पछिल्ला यी भूकम्पहरूबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन। यसअघि पनि यही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चैत २१ गते साँझ ८:०७ र ८:१० बजे दुईपटक भूकम्प गएको थिए। पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडको थियो। ती भूकम्पका कारण केही घरहरूमा सामान्य क्षति पुगेको थियो।

त्यस्तै, चैत २० गते दार्चुलामा ४.० म्याग्निच्युड र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडका भूकम्प मापन गरिएका थिए। यसरी भुकम्प लगातार गइरहँदा स्थानीयबासीमा त्रास फैलिएको छ। तर, हालसम्म गम्भीर क्षतिको सूचना भने छैन।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया