भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला सहित पक्राउ
समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको ग्वालियरस्थित एक होटलमा अवैध देह व्यापार भइरहेको सूचना पाएपछि स्थानीय प्रहरीले छापा मारेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, कैलाश नगरमा रहेको “स्मार्ट हवेली इन” नामक होटलमा गरिएको छापामा प्रहरीले होटलकी नेपाली मूलकी महिला म्यानेजरसहित दुई ग्राहकलाई पक्राउ गरेको छ। यद्यपि पक्राउ परेकी नेपाली युवतीको पहिचान हालसम्म गोप्य राखिएको छ।
घटनास्थलबाट थप छजना युवतीहरू फेला परेका छन्, जसको प्रहरीद्वारा बयान लिइएको छ। प्रहरीका अनुसार होटल सञ्चालक दीपक शर्माको खोजी भइरहेको छ र उनी फरार छन्।
प्रहरीले देह व्यापारसम्बन्धी मुद्दामा होटल सञ्चालक, मेनेजर तथा पक्राउ परेका ग्राहकहरूविरुद्ध उजुरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।