Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजतन्त्रको युग नेपालमा समाप्त भइसकेको दाबी गरेका छन्। उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य समाप्त भइसकेको उल्लेख गर्दै अहिलेको नेपाल लोकतान्त्रिक बाटोमा अघि बढिरहेको बताए।

काभ्रेपलाञ्चोकमा आयोजित प्रेस चौतारी नेपालको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै बास्कोटाले राजतन्त्र अब इतिहासको एउटा पाना मात्र भएको बताए। “नेपालमा राजतन्त्र भूत भइसकेको छ, अब त्यसको कुनै भविष्य छैन,” उनले प्रष्ट पारे।

बास्कोटाका अनुसार नेपाल अहिले लोकतन्त्रको राजमार्गमा अगाडि बढिरहेको छ र यस प्रक्रियामा देखिएका कमजोरीहरूलाई सच्याउँदै, बलिया पक्षहरूलाई मजबुत बनाउँदै राष्ट्र निर्माणमा अग्रसर भइरहेको छ।

उनले लोकतान्त्रिक मूल्य र प्रणाली नै पत्रकारिता स्वतन्त्रताको आधार रहेको भन्दै प्रेस पनि लोकतन्त्रमै आफ्नो सार्थकता र भविष्य सुरक्षित देखिरहेको बताए। प्रेसले लोकतन्त्रलाई आत्मसात गरिसकेकोमा आफू विश्वस्त रहेको बास्कोटाले उल्लेख गरे।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया