Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – काठमाडौं महानगरपालिका-३२ मनहरा जडिबुटी टाउनप्लानिङमा भएको ६० लाख रुपैयाँ लुटपाट घटनामा संलग्न अभियुक्तहरूमाथि प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतले १८ जनाविरुद्ध ७ दिनको म्याद अनुमति दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यद्यपि पक्राउ परेकामध्ये २ जनाको घटनामा संलग्नता नदेखिएपछि उनीहरूलाई छोडिएको छ । घटना २०७९ साल चैत २७ गते राति करिब ९ बजेतिर भएको थियो । बौद्धमा बसोबास गर्ने ४२ वर्षीय रितेश लामालाई जग्गा बैना गर्न बोलाएर कारमा ल्याएको ६० लाख रुपैयाँ दुई झोलाबाट लुटिएको थियो ।

पक्राउ परेकामध्ये काठमाडौं लोलाङका राज पराजुली, सुयोज लामा, रामेछापका प्रभास केसी उर्फ हरिराम खत्री, राजेश भण्डारी, सार्की माझी, उत्तम मगर, राजु मगर, टिकाबहादुर मगर, रमेश बहादुर मगर, लबबहादुर मगर, रुपक थापा मगर, सागर मगर छन् । त्यसैगरी सोलुखुम्बुका कुशल बस्नेत, काभ्रेका रन्जित लामा, दावा लामा, बाबु तामाङ, सुजन लामा र सिन्धुपाल्चोकका रिबेल कुमार तामाङ पनि म्याद थपको सूचीमा छन् ।

प्रहरीले उनीहरूबाट लुटिएको रकममध्ये ३० लाख १ हजार रुपैयाँसहित २ थान स्कुटर र १ थान मोटरसाइकल बरामद गरेको जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया