Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार सार्वजनिक गरिएको भिडिओ सन्देशमार्फत शाहले उक्त घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भिडिओ सन्देशमा शाहले भने, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जसरी मानवीय तथा भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।’

तीनकुने घटनापछि प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजासँग धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए । केही सांसदहरूले त उनलाई संसदीय समितिमा बोलाएर प्रश्न गर्नुपर्ने धारणा समेत राखेका थिए । घटनापछि पूर्वराजाले पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका हुन् ।

शाहले नागरिक स्वतन्त्रतालाई सर्वोच्च मूल्य मान्दै भने, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो अरु कुनै तन्त्र हुँदैन । वास्तविक प्रजातन्त्र भएका ठाउँमा जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’

पूर्वराजाको सन्देश संवाद सचिवालयका तर्फबाट फणिराज पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया