Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई आज अर्थ मन्त्रालय पुगेकी छन्। शिक्षकहरूको सेवा सुविधा र विधेयकको मुद्दा अर्थ मन्त्रालयसँग सम्बन्धित भएकोले उनले वित्तीय पक्षमा छलफल गर्ने बताइएको छ।

सरकारले मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयको तत्काल निर्णय गरी संसदको आगामी अधिवेशनको पहिलो सातामै शिक्षा विधेयक पेस गर्ने तयारी गरेको छ। यसै क्रममा शिक्षकसंगको संवादलाई गति दिन मन्त्री भट्टराईले अर्थ मन्त्रालयको सहयोग खोजेकी हुन्। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, शिक्षकहरूको केही माग आगामी बजेटबाट पूरा गर्ने गरी आन्तरिक तयारी भइरहेको छ। उनले यसअघि नै सरकारले समाधानका लागि गृहकार्य सुरु गरेको बताएका थिए।

शिक्षकहरूले कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न, सेवा सुविधा सुधार गर्न लगायतका माग राखी काठमाडौँमा आन्दोलनरत छन्। सरकारी प्रतिनिधिहरूसँग उनीहरूको लगातार छलफल भइरहेको छ। अर्थ मन्त्रालयमा भएको छलफलपछि शिक्षकसंग अन्तिम संवाद हुने अपेक्षा गरिएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया