Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रिट दर्ताबारे जानकारी दिँदै रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता भएको बताइन् । लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले रिट निवेदन पेस गरेका हुन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो ।

रास्वपाको दाबीअनुसार अदालतको आदेश जिल्ला प्रशासनमा औपचारिक रूपमा नपुग्दै रातारात लामिछानेलाई नियन्त्रणमा लिइएको हो । पार्टीले यसलाई न्यायिक प्रक्रिया विना गरिएको गैरकानुनी पक्राउ भन्दै आपत्ति जनाएको छ ।

पक्राउपछि एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीको हिरासतमा राखिएका लामिछानेलाई सोमबार कारागार चलान गरिएको थियो । यसै विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार मानव अधिकार आयोगमा निवेदन दिँदै प्रहरी ज्यादती र मानव अधिकार हननको गुनासो गरेको छ ।

तपाईको प्रतिक्रिया