Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – तीनकुनेमा भएको प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी परिसर काठमाडौंले केही समयअघि सरकारी वकिलको कार्यालयमार्फत अदालत पठाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार, अनुसन्धानका लागि प्रसाईंलाई १२ दिनसम्म हिरासतमा राख्न म्याद थपको निवेदन गरिएको छ । उनीसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्काका लागि पनि समान अवधिको म्याद माग गरिएको छ ।

यसअघि, सोही घटनामा संलग्न भनी पक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिनको हिरासत म्याद दिइएको थियो । प्रहरी स्रोतका अनुसार, म्याद समायोजन गर्नका लागि प्रसाईं र खड्काका लागि १२ दिनको अवधि माग गरिएको हो ।

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग लगायतका गम्भीर अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि उनी फरार थिए । प्रहरी र सरकारी वकिलको समन्वयमा उनीविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया