Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सभाका सांसद तथा सत्तारूढ दल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाविरोधी गतिविधिमा नलाग्न कडा चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीमा बोल्दै सिटौलाले पूर्वराजालाई “चुप लागेर बस्न” सुझाव दिएका हुन्।

उनले भने, “यदि जनताको माया छ भने बाँकी सम्पत्ति जनतालाई दिनुहोस्। आँट छ भने सम्पत्ति राष्ट्रियकरण गर्न तयार हुनुहोस्।” पूर्वराजाले राजनीतिमा आउन चाहने हो भने दलीय पद्धतिमार्फत चुनावमा प्रतिस्पर्धा गर्न सक्ने सिटौलाको भनाइ थियो। भारतमा ब्रिटिस साम्राज्य अन्त्यपछिका राजा राजनीतिमा सक्रिय भएको उदाहरण दिँदै उनले शाहलाई पनि त्यस्तो बाटो रोज्न सक्ने संकेत दिए।

नेपालमा राजतन्त्र अब दन्त्यकथाजस्तो भएको उल्लेख गर्दै सिटौलाले वर्तमान व्यवस्थामा सुधार गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए। युवाहरूले व्यवस्थाको चिन्ता होइन, समाज निर्माणमा ध्यान दिनुपर्ने सिटौलाको भनाइ थियो। उनले देश विकासका लागि सबै दल र नागरिक मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया