Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले कुवेतलाई ६ विकेटको सहज जित दिंदै शानदार प्रदर्शन गरेको छ। बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई १८६ रनको चुनौती दिएको थियो। जवाफी इनिङमा नेपालले १८ ओभर ५ बलमै मात्र ४ विकेट गुमाएर लक्ष्य सहजै पूरा गर्‍यो।

नेपालको जितमा ओपनिङ जोडीको विशेष योगदान रह्यो। कुशल भुर्तेलले आक्रामक शैलीमा ८१ रन जोड्दा, आसिफ शेखले ५३ रनको महत्वपूर्ण पारी खेले। मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले केवल १२ बलमै ३१ रन ठोकेर नेपालको जीतलाई झनै नजिक पुर्‍याए।

अन्तिम चरणमा गुल्शन झा (९ रन) र कप्तान रोहित पौडेल (४ रन) अविजित रहेर टोलीलाई जितसम्म पुर्‍याए। कुशल मल्ल भने ४ रनमै मात्रै जोड्न सके। यस जितसँगै नेपालले सिरिजमा आफ्नो प्रभावशाली उपस्थिति जमाएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया