Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूसँग गृहमन्त्री रमेश लेखकले १२ दिनपछि भेट गरेका छन्। बुधबार दिउँसो उनी काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका थिए। त्यहाँ उनले उपचाररत घाइते र तिनका आफन्तहरूसँग भेटघाट गरेका हुन्। उक्त भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी उदयपुरकी २२ वर्षीया रेविका खत्रीसँग पनि कुराकानी गरे। कोटेश्वर नजिकै गोली लागेर गम्भीर घाइते भएकी रेविकाको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।

गृहमन्त्रीसँगको संक्षिप्त संवादमा रेविकाले भावुक हुँदै आफ्नो भविष्यप्रति चिन्ता व्यक्त गरिन्। “मेरो फ्युचर सेक्योर गरिदिनुस्,” भन्दै उनले सरकारबाट सहयोगको अपिल गरिन्। उनको यो आग्रहप्रति गृहमन्त्री लेखकले सहानुभूति व्यक्त गर्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।

गृहमन्त्री लेखकले घाइतेहरूको उपचार सरकारले नै व्यहोर्ने स्पष्ट गर्दै अस्पतालको सम्पूर्ण बिल पेश गर्न परिवारलाई आग्रह गरेका छन्। उनले सरकार पीडितप्रति जिम्मेवार रहेको भन्दै उपचारदेखि पुनर्स्थापनासम्मका सबै प्रक्रिया सुनिश्चित गर्ने आश्वासन पनि दिए।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया