Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आठ महिनाको आर्थिक प्रतिवेदनअनुसार, कुल रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ।

अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ। नेपाली मुद्रा कमजोर भएकाले डलरको तुलनामा रेमिट्यान्सको वृद्धिदर नेपाली रुपैयाँमा अझै उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ। माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्र १ खर्ब ५१ अर्ब ५९ करोडले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १८.३ प्रतिशतले बढेको थियो। यस्तै, चालु वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १० खर्ब ४१ अर्ब ९९ करोड थियो।

वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। फागुनसम्म अन्तिम श्रम स्वीकृति लिने नेपाली ३ लाख १७ हजार ६८ पुगेका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४०३ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा उच्च हो।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया