Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विकास र जनताको सेवा delivery मा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। रूपन्देहीको क्षेत्र नम्बर १ मा कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणका कार्यक्रममा समय खर्चिनुभन्दा दैनिक १८ देखि २० घन्टा काममै समर्पित हुनुपर्ने धारणा राखे।

महामन्त्री थापाले सरकारको गति अपेक्षाअनुसार नचलेको भन्दै गुनासो पोखे। “सरकारले युद्धकालीन मनोविज्ञानबाट काम गर्नुपर्छ, उद्घाटन र भाषण गर्न हिँडिरहनुहुन्न,” उनले भने, “प्रधानमन्त्री र मन्त्रीहरू समय घुमफिरमा खर्चिनु ठीक होइन। तपाईंहरू काम गर्नुहोस्, हामी प्रचार गर्छौं।”

उनले कांग्रेसको भूमिकालाई सरकारलाई सचेत गराउने जिम्मेवारीका रूपमा प्रस्तुत गरे। साथै, प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा आफू रहेको भन्दै थापाले समस्या समाधानको नेतृत्व प्रधानमन्त्रीले लिनैपर्ने बताए।

शिक्षकहरू सडकमा उत्रनु परेको विषयमा बोल्दै उनले भने, “यदि सरकारले समयमै उचित कदम चालेको भए, शिक्षकहरू आन्दोलनमा आउनुपर्ने थिएन। उनीहरूको माग चाँडै सम्बोधन गरी कक्षाकोठामा फर्काउनु आवश्यक छ।”

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया