Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर काठमाडौँ महानगरपालिका बसेको होइन भनेर बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आयोजना गरेको आमसभामा ‘एक जना पत्र काट्न बसेको छ’ भन्दै आफ्ना कार्यकर्तालाई जथाभावी फोहोर नगर्न आग्रह गरेको थियो। मेयर बालेनले अप्रत्यक्ष रूपमा राप्रपालाई संकेत गर्दै यस्तो बताएका हुन्।

आफ्नो कार्यक्रमसकेपछि राप्रपाका कार्यकर्ताहरूले जिम्मेवार भएर आफुले फोहोर गरेको सडक आफै सरसफाइ गरेका थिए। यस घटनाले काठमाडौंको सार्वजनिक सरसफाइमा नागरिक र स्थानीय सरकार दुवैको उत्तरदायित्वप्रति जागरूकता बढ्दै गएको संकेत गरेको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनले भने उक्त सरसफाइका तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै भने, ‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया