Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा सुनको मूल्यमा लगातार गिरावट जारी छ। आज पनि सुन प्रतितोला ४०० रुपैयाँले घट्दै, मूल्य एक लाख ७३ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्ला तीन दिनमा मात्र सुनको मूल्यमा कुल ६ हजार ५ सय रुपैयाँको गिरावट आएको छ। शुक्रबार ३,९०० रुपैयाँले घटेको सुन आइतबार १,९०० र सोमबार ७०० रुपैयाँले ओरालो लागेको थियो।

गत बिहीबार सुनले ऐतिहासिक उचाइ छुंदै तोलाको एक लाख ८० हजार ३ सय रुपैयाँ छोएको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य थियो।त्यहीँ बेला चाँदीको मूल्य भने स्थिर देखिएको छ। आज पनि चाँदी प्रतितोला १,८३० रुपैयाँमै कायम रहेको महासंघको जानकारी छ।

सुनचाँदीको मूल्यमा यस्ता उतारचढाव यसअघि पनि देखिएका थिए। मंसिरको तेस्रो सातामा भन्सारदरमा गरिएको कटौतीका कारण दुई दिनमै सुनको मूल्य १८,५०० रुपैयाँले घटेको थियो। त्यसयता बजारमा फेरि मूल्यवृद्धि देखिएको हो।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया