Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – जापानको राजधानी टोकियोमा यो वर्षको साकुरा फुल्ने मौसम सुरु भएको छ । यासुकुनी मन्दिरको प्राचीन साकुरा रुखमा गत  सोमबार ६ थुँगा फूल फक्रिएपछि जापानी मौसम विभाग (JMA) ले यस वर्षको साकुरा मौसम सुरु भएको औपचारिक घोषणा गर्‍यो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियोमा साकुराको सुरुआत सधैं यासुकुनी मन्दिर परिसरको एउटा विशेष रुखबाट मानिन्छ- जब कम्तिमा पाँच थुँगा फक्रन्छन्, त्यो सिंगो देशका लागि साकुराको संकेत बन्छ । र त्यसको केही दिनमै टोकियोका पार्क, बाटा, नदी किनार र मन्दिरहरू गुलाबी र सेता रंगले झुल्किन थाल्छन् ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा पाँच दिन अघि नै साकुरा फक्रिन थालेको छ, जुन मौसमप्रेमीहरूका लागि उत्साहको खबर हो । अनुमान छ, अबको ७-१० दिनभित्र राजधानी टोकियो साकुराले ढकमक्क हुनेछ- त्यो दृश्य जुन फोटोले पनि समेट्न सक्दैन, अनुभव गर्नैपर्छ ।

साकुराको थुँगामा जीवनको नवीनता, क्षणिकताको सौन्दर्य र वसन्तको मिठास लुकेको हुन्छ । यिनै नाजुक फूलहरूले जापानको आत्मासँगै यहाँ आउने पर्यटकको मन पनि छुन्छन् ।

तपाईको प्रतिक्रिया