Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – सम्राट नारुहितोले सोमबार इओ जिमा भ्रमण गरी द्वितीय विश्वयुद्धको एक अत्यन्तै भीषण युद्धमा ज्यान गुमाएका हजारौं जापानी र अमेरिकी सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नारुहितो र उनकी पत्नी सम्राज्ञी मसाकोले जापानी सैनिकहरू, द्वीपवासीहरू र जापानी तथा अमेरिकी दुबै पक्षका युद्ध मृतकहरूको स्मृतिमा बनाइएका तीनवटा स्मारकस्थलहरूमा प्रार्थना गरेका छन् । उनीहरूले सेतो फूलको गुच्छा अर्पण गरे र गर्मी, भोक र तिर्खाका कारण मृत्यु भएका आत्माहरूको शान्तिका लागि डोकोबाट पानी छर्किए । सम्राट दम्पतीले शोकसन्तप्त परिवारका प्रतिनिधिहरू तथा द्वीपका पूर्व बासिन्दाका सन्तानहरूसँग पनि भेट गर्ने कार्यक्रम छ ।

युद्धपछि जन्मिएका सम्राट र सम्राज्ञीको यो इओ जिमातर्फको पहिलो भ्रमण हो । हाल इओ जिमालाई जापानमा इवातो भनेर चिनिन्छ । फेब्रुअरीमा आफ्नो ६५औं जन्मदिनका अवसरमा सम्राट नारुहितोले द्वितीय विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको सन्दर्भ उल्लेख गर्दै युद्धको इतिहास सम्झन र युवा पुस्तालाई त्यसबारे जानकारी गराउनु आवश्यक रहेको बताए । जापानले युद्ध सम्राट नारुहितोका हजुरबुबा सम्राट हिरोहितोको नाममा एशियाका धेरै क्षेत्रहरूमा आक्रमण गर्दै लडेको थियो ।

इओ जिमाको युद्धको इतिहास
इओ जिमाको युद्ध १९४५ फेब्रुअरी १९ देखि मार्च २६ सम्म चल्यो, जब संयुक्त राज्य अमेरिकाले जापानको मुख्य भू-भागतर्फ अगाडि बढ्न एक रणनीतिक स्थान नियन्त्रणमा लिन प्रयास गरिरहेको थियो । अमेरिकी पक्षले केही दिनमै युद्ध जित्ने अपेक्षा गरे पनि जापानी सैनिकहरूले भूमिगत सुरुङ प्रयोग गर्दै पाँच हप्ता सम्म बलियो प्रतिरोध गरेका थिए । यो युद्धको इतिहासले धेरै उपन्यास र चलचित्रहरूलाई प्रेरित गरेको छ ।यहाँ २१ हजारभन्दा बढी जापानी र करिब ७ हजार अमेरिकी सैनिकहरूले ज्यान गुमाएका थिए । जापानी सैनिकहरूको आधाभन्दा बढी शव अझै पनि फेला परेको छैन । इओ जिमाका १ हजार १ सय बासिन्दामध्ये १०३ जना पुरुषलाई सैन्य सेवाका लागि लगिएको थियो र बाँकी सबैलाई जापानको मुख्य भू-भागमा बलपूर्वक सारिएको थियो । तीमध्ये १०३ जनामध्ये ८२ जनाको युद्धमा मृत्यु भयो ।

सम्राटको यो भ्रमण जापानका प्रधानमन्त्री शिगेरु इसिबा, रक्षा मन्त्री गेन् नाकातानी र अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले युद्धको अन्त्यको सम्झनामा आयोजित कार्यक्रममा सहभागिता जनाएको १० दिनपछि भएको हो । पूर्व बासिन्दा र उनीहरूका सन्तानहरूलाई इओ जिमा (इवातो)मा स्मृति कार्यक्रममा भाग लिन जान अनुमति दिइए पनि बसोबास गर्न अनुमति छैन ।

२३ वर्ष लामो अमेरिकी अधीनपछि, सन् १९६८ मा इओ जिमा जापानलाई फिर्ता गरिएको थियो । ओगासावारा टापु समूहमा समावेश थियो । हाल उक्त टापुमा जापान मेरीटाइम सेल्फ डिफेन्स फोर्सका ३८० सदस्यहरू मात्रै बसोबास गर्छन् । यो टापु अमेरिकी सैन्य विमानहरूको अवतरण अभ्यासका लागि पनि प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया